श्रावण ५, २०८२ सोमबार July 21, 2025

४ हजारले घट्यो‘ओप्पो एफ१९ प्रो’ स्मार्टफोनको मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले ‘एफ’ सिरिज अन्तर्गतको ‘एफ१९ प्रो’ को मूल्य घटाएको छ ।

कम्पनीको पहिलो प्रिमियम स्मार्टफोनको रुपमा सार्वजनिक भएको यो फोन अब नेपाली बजारमा ३५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछ ।

यसअघि ३९ हजार ९९० रुपैयाँ रहेको रहेको यो फोनको मूल्य चार हजारले घटाउँदै नयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ । ३० वाटको भीओओसी फ्ल्याश चार्ज ४.० प्रविधियुक्त यो फोन कलरओएस ११.१ मा आधारित रहेको छ । ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामेरा सेटअप रहेको फोनमा ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी मोनो क्यामेरा छ ।

सेल्फीका लागि फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा रहेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया