श्रावण ५, २०८२ सोमबार July 21, 2025

बझाङमा ९ दिनदेखि टेलिफोन अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या भएको छ ।

नेपाल टेलिकम बझाङका कार्यालय प्राविधिक कैलाश यादवका अनुसार श्रीभावरमा हावाहुरीका कारण टावरको रेडियो लिङ्कमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध हुँदा सूचना आदानप्रदान गर्न समस्या भएको जिल्ला निर्वाचन कार्यालय बझाङका कम्प्युटर अपरेटर प्रेम बहादुर बोहराले बताउनुभयो ।

यस्तै चुनावको मुखमा आपसी सञ्चार र समन्वय गर्न कठिन भएको स्थानीय नेता, कार्यकर्ताको भनाइ छ ।

बिरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन पनि सञ्चार समस्याले एम्बुलेन्स तत्काल पठाउन नसकिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया