भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

ताराको ‘म भित्रको म’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति ‘म भित्रको म’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा  आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।

कविता कृतिमाथि प्राडा खगेन्द्र लुइँटेल, डा. रेणुका सोलु र ऋृषभदेव घिमिरेले समीक्षात्मक धारणा राखेका थिए । सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना पढेर सुनाइएको थियो ।

कार्यक्रममा कवि ई. सन्तोष पोखरेल, कवि रुद्र अधिकारी, डा. शान्तिमाया गिरी, रञ्जना निरौलालगायतले कविता सङ्ग्रहबाट रचना वाचन तथा मन्तव्य राखेका थिए ।

अमेरिकाको कोलोराडो सहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रह भित्र ४९ कविता समावेश छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा   सार्वजनिक गरिएको हो ।

कार्यक्रम अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । लोकान्तर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार