असार २४, २०८२ मंगलबार July 8, 2025

कुखुराको मासु किलोमै १६० वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य आकाशिएको छ ।
चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ ।
१० दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए ।

कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो तर सरकारले सुनेन ।

व्यवसायीले जुन उद्देश्यका लागि चिकेन होलिडे मनाएका थिए अहिले त्यो पूरा भएको छ । एक महिना अवधिमा कुखुराको मासुको मूल्य प्रतिकिलो १६० रुपैयाँले बढेर ३७० रुपैयाँ कायम भएको छ । काठमाडौंको खुद्रा बजारमा मासुको मूल्य त्यो भन्दा पनि धेरै हुनसक्ने उपभोक्ता अधिकारीकर्मी माधव तिमिल्सिना बताउँछन् ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले गत हप्ता तोकेको नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा तयारी मासुको प्रतिकिलो मूल्य ३५० रुपैयाँ छ । जसमा प्रतिकिलो १५ रुपैयाँ नाफा राखेर खुद्रा व्यापारीले उपभोक्तालाई बिक्री गर्दा मासुको उपभोक्ता मूल्य ३६५ रुपैयाँ हुनु पर्ने हो तर अधिकांश स्थानहरुमा ३७० रुपैयाँभन्दा बढीमा मासु खरिद–बिक्री भएको छ ।

फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ ।

किन बढ्यो मूल्य ?

राष्ट्रिय कुखुरा व्यवसायी संघले बजारमा मासुको मागको तुलनामा आपूर्ति नभएका कारण मासुको मूल्य बढेको बताएको छ ।

‘हप्तामा दुई पटकसम्म मूल्य बढेको छ, अब त हामीलाई पनि थाहै हुन छोड्यो,’ संघका प्रथम उपाध्यक्ष श्रेय ढकालले भने । चिकेन होलिडे भनेर चल्ला नष्ट गरेपछि बजारमा मासुको माग अनुसार उत्पादन नभएको उनले बताएका छन ।

‘रोपेकै छैन कहाँबाट फल्ने ? मूल्य त बढ्ने नै भयो, अझै बढ्छ,’ ढकालले निर्धक्कसँग भने ।

वर्षभरिमा कुखुराको मासुको सबैभन्दा बढी माग हुने महिना हो माघ र फागुन । मासु व्यवसायीहरुका अनुसार पिकनिक, बिहे र अन्य कामका लागि अत्यधिक मासुको खपत यो दुई महिनामा हुन्छ । व्यवसायीले यही सिजनको मौका छोप्न चिकेन होलिडेको रणनीति लिएका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाअनुसार काठमाडौंमा प्रत्येक दिन तीन लाख किलो तयारी कुखुराको मासुको खपत हुन्छ । एक सय ६० रुपैयाँ मूल्यवृद्धि हुँदा काठमाडौं उपत्यकाबाट मात्रै एक दिनमा ४ करोड ४८ लाख रुपैयाँ कमाउने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

‘जे उद्देश्यका साथ चिकेन होलिडे गरेका थिए, त्यो कार्यान्वयन भईरहेको छ, उपभोक्ता मारमा परे,’ अध्यक्ष तिमिल्सिनाले भने । अख्तियारप्राप्त सरकारी निकाय अनुगमन र कारबाहीमा चुप बसेपछि व्यवसायीको मनपरी बजारमा देखिएको उनको भनाई छ ।

सरकारले के गर्दैछ ?

चिकेन होलिडे निस्प्रभावी बनाउन तालुकदार निकाय वाणिज्य विभागले तत्कालिन समयमा कुनै काम गर्न नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् । बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मासुको मूल्यबारे भर्खरै बजारबाट सूचना संकलन गरेको जनाएको छ ।

‘मासुको मूल्य बृद्धिबारे विभागले आज मात्रै सूचना संकलन गरेको छ र अब तत्काल एक्सनमा उत्रिन्छौं,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने । बजार अनुगमन र कारबाही कसरी हुन्छ भन्ने नखुलाए पनि नतिजा देखिने गरी आफूले काम गर्ने उनले दाबी गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार