असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल उड एक्स्पो सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भृकुटीमण्डपमा छैटौँ नेपाल उड इन्टरनेशनल एक्स्पो र नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो सुरु भएको छ।

शुक्रबारबाट सुरु भएको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका छन। नेपाली उद्यमी र आम नागरिकका लागि केही नयाँ उत्पानसँग परिचित गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताएका छन।

मेलामा फर्निचर, काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिको विषयमा जानकारी पाउने उनले बताएका छन। घरमा प्रयोग हुने फर्निचरका सामानदेखि लिएर इन्टेरियर डिजाईन लगायतका विभिन्न उत्पादन प्रदर्शनीमा राखिएका छन्। मेलामा भारत, चीन, अमेरिका इटाली र जर्मनी लगायत विभिन्न १० देशका १७३ ब्राण्ड प्रदर्शनीमा राखिएको उनले बताएका छन।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने छ। १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा प्रवेश निःशुल्क गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार