असार २५, २०८२ बुधबार July 9, 2025

मधेश प्रदेश: भोलिबाट बजेट अधिवेशन सुरु, २१ जेठमा नीति तथा कार्यक्रम आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेश प्रदेशसभाको बजेट अधिवेशन १९ जेठ बिहीबारबाट सुरु हुँदैछ । बिहीबारबाट सुरु हुने बजेट अधिवेशनमा आउँदो शनिबार (२१ जेठ)मा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार २१ जेठमा बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिएका छन् ।

कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पुर्वधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए । प्रदेश सरकारले आउँदो प्रदेश र प्रतिनिधिसभालाई लक्षित गरि चुनावमुखी  नीति तथा कार्यक्रम ल्याउने लागिएको छ ।

आफ्ना कार्यकालको अन्तिम वर्षमा रहेका प्रदेश सरकारले चुनाव लक्षित गरी अनुदानमुखी कार्यक्रमहरु थपिन लागेको एक नीति तथा योजना आयोगका एक कर्मचारीले बताए । उनका अनुसार वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन अनुदान, कृषि क्षेत्रमा रोजगार सिर्जना गर्न लगायतका कार्यको लागि अनुदानमुलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी राख्न प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीहरुले जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार