काठमाण्डौंः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य चौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी असार १ गतेदेखि स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको हो ।
स्वास्थ्य चौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो ।
प्रसूति सेवासहित अन्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवा २४ सै घण्टा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनु भएको छ ।
यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालनमा रहेका सेवालाई नै नियमित २४ घण्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया