काठमाडौं: राष्ट्रियसभा बैठक आगामी असार २ गते बस्ने भएको छ । संसद सचिवालयले असार १ गते बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक असार २ गते बस्ने जनाएको छ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय अध्यक्षज्यूले २०७९ साल असार २ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया