काठमाडौंः सवारी चालक अनुमति पत्र (लाईसेन्स) को वर्ग थपका लागि आवेदन खुलाएको छ ।
यातायात व्यवस्था विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिनुभएको छ । सूचना हेर्न सक्नुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया