असार २३, २०८२ सोमबार July 7, 2025

अध्ययनको गुणस्तर सुधार्न ‘गुणस्तर सुनिश्चितता प्रमाणपत्र’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । क्याम्पसहरुको गुणस्तर सुधारका लागि विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाणपत्र सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठी सञ्चालन गरेको छ। बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस र विश्व विद्यालय अनुदान आयोगको संयुक्त आयोजनामा भएको तीन दिने कार्यशाला गोष्ठीमा प्रदेशका ३२ क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा प्राध्यापक गरि करिव १५० जना सहभागी छन्।

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.हृदयरत्न बज्राचार्यले शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न सक्ने भने विश्व बजारमा शिक्षामा एकरुपता कायम हुने भएकाले क्यूएए (गुणस्तर सुनिश्चितता प्रमाणपत्र)को अवधारणा ल्याइएको जानकारी गराएका छन ।

उच्च शिक्षा लिएका विद्यार्थीले कुनै पनि कुराहरुको फरक छुट्याउन सक्ने, त्यसको विश्लेषण गर्न सक्ने र नयाँ उत्पादन(क्रियशन) गर्न सक्ने हुनुपर्ने भन्दै त्यस्ता विद्यार्थी उत्पादन गर्ने क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रदान गरिने जानकारी दिएका छन। सन् २००७ मा क्युएएको अवधारणा सुरु गर्दा विश्वविद्यालय अनुदान आयोगको नेतृत्व गरेका बज्राचार्यले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अवलम्बन गरिएका मापदण्डमा कुनै पनि सम्झौता हुन नहुने पनि औंल्याएका छन।

त्यस्तैगरी प्रदेश पाँच प्रदेश सभा सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले पनि क्याम्पसहरुको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेको बताउँदै सामुदायिक क्याम्पसमा ११ र १२ कक्षा सञ्चालन गर्न समस्या भएकाले त्यसतर्फ पनि विश्वविद्यालय अनुदान आयोगको ध्यानाकर्षण गराएका छन।

प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयका सचिव डा.गोपिकृष्ण खनालले प्रदेशको संरचना निर्माणसँगै कानुन बनाउने चरणमै रहेकाले शैक्षिक गुणस्तर सुधारका काममा मन्त्रालयले अझै प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै सम्भव भएसम्म क्याम्पसहरुलाई पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिएको बताएका छन। उजले प्रदेश सरकारले प्रदेशमा आफ्नै विश्वबिद्यालय स्थापनाका लागि ऐन, कानुन निर्माणको तयारीमा रहेको जनाएका छन।

मुलुकभर ११ वटा विश्वबिद्यालय तथा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । त्यसको मातहतमा रहनेगरी १ हजार ४२५ क्याम्पस सञ्चालनमा छन्। विश्वविद्यालय अनुदान आयोगले ३४८ क्याम्पसको आशयपत्र स्वीकृत गरेको आयोगका कार्यक्रम अधिकृत गोपाल आचार्यले बताए। उनकाअनुसार अहिलेसम्म विश्वविद्यालय अनुदान आयोगले ४३ क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्युएए) प्रदान गरेको छ। थप ५ क्याम्पस प्रमाणपत्र प्राप्त गर्ने चरणमा छन्।

प्रदेश पाँचमा ७ वटा क्याम्पसले उक्त प्रमाणपत्र प्राप्त गरेका छन्। ४३ वटा प्रक्रियामा छन्। जसमा बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, रुपन्देही क्याम्पस, भैरहवा, राममणी क्याम्पस मणिग्राम, महाकवि देवकोटा क्याम्पस सुनवल, दिव्यज्योति बहुमुखी क्याम्पस र गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्सले गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार