असार २५, २०८२ बुधबार July 9, 2025

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सांसदहरूको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको छ ।

शून्य समयमा बोल्नुहुँदै सांसद समिना हुसेन र लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले श्रमिक र निम्न आय भएका वर्गहरूको चुलो नबल्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गर्नुभयो ।

यस्तै सांसद लक्ष्मी परियार र लालप्रसाद सावाँ (लिम्बु)ले वर्षायाम सुरु भएसँगै  नदी छेउ र बाढी प्रभावित क्षेत्रका बासिन्दामा डर र त्रास फैलिएको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनको प्रतिकार्य रणनीति बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, सांसद लालबाबु पण्डित र विना कुमारी श्रेष्ठले आधारभूत रुपमा पाउनुपर्ने नागरिकता नपाउँदा जनताले सास्ती खेप्नुपरेको भन्दै छिटोभन्दा छिटो नागरिकता विधेयक संसद्बाट पारित गर्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार