मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

महिनावारी गडबड किन हुन्छ ? नियमित बनाउन के-के गर्नुपर्छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सामान्यतया महिलाहरु किशोरी अवस्थामा प्रवेश गरेपछि महिनावारी सुरु हुन्छ । महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुने गर्छ । जुन नियमित महिनावारी हो ।

तर विभिन्न कारण महिलाहरुमा यो चक्र गडबडी हुने गर्छ । २१ दिनभन्दा अघि र ३५ दिनभन्दा बढी ढिला गरी महिनावारी हुने, रगत धेरै वा थोरै बग्ने, महिनावारी नै नहुने जस्ता समस्या हुन्छ। यो समस्यालाई महिनावारी गडबडी अर्थात् अनियमित महिनावारी भनिन्छ ।

समयमै उपचार गरे अनियमित महिनावारीको समस्या ठिक हुन्छ । तर ढिला गरे यसले विभिन्न जटिलता निम्त्याउन सक्छ।परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी सिनियर कन्सल्टेन्ट निसन्तानपन रोग विशेषज्ञ डा. ज्वाला थापासँग कुराकानी अनुसार स्वस्थ्यखबर पत्रिकाले तयार पारेकाे बुँदा ।

अनियमित महिनावारी भनेको के हो ?
– सामान्यतया १२/१३ देखि ५०/५५ वर्षसम्म महिलाहरु महिनावारी हुन्छन्।
– महिनावारी २८ दिनको फरक हुने भएपनि छिटोमा २१ र ढिलोमा ३५ दिनसम्म भए सामान्य मान्न सकिन्छ।
– कुनै महिला २१ दिनअघि र ३५ दिनपछि भए, रगत धेरै वा थोरै बगे, महिनावारी नै नहुने समस्यालाई अनियमित महिनावारी भनिन्छ ।

अनियमित महिनावारी किन हुन्छ? यसका कारणहरु के के छन्?
– शरीरमा भएका विभिन्न ग्रन्थीबाट उत्पादन हुने हर्मोनको तालमेल मिलेपछि महिनावारी सुरु हुन्छ।
– महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी गडबड हुन सक्छ।
– थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगत सम्बन्धी रोग, अण्डाशय, पाठेघर सम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ।
– मोटोपन भएका, एकै पटक धेरै तौल कम गर्ने र डाइटिङ गर्ने महिलाहरुमा पनि महिनावारी अनियमित हुन सक्छ।

अनियमित महिनावारीको उपचारहरु के–के छन्?
– बिरामीको उमेर समूह र समस्या अनुसार यसको उपचार हुन्छ।
– कुनै बेला परामर्श र हर्मोन थेरापीले मात्र पनि कतिपय समस्याहरु निको हुन्छ।
– यो बाहेक गर्भवती जाँच, हर्मोन, थाइराइड, अल्ट्रा साउण्ड सबै गरेपछि मात्र समस्या अनुसार उपचार गरिन्छ।

समयमै उपचार नगरे यसले निम्त्याउने जटिलताहरु के–के हुन सक्छन्?
– अनियमित महिनावारी भइरहँदा मानसिक तनाव हुन्छ।
– धेरै रगत बगिरहे शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ।
– कतिपयलाई सन्तान जन्माउनमा पनि गाह्रो हुन्छ।
– समस्यालाई बेवास्ता गरिरहे यसले निम्त्याउने जटिलताका कारण क्यान्सर समेत हुन सक्छ।

अस्वस्थकर जीवनशैली र तनावले पनि महिनावारी गडबड हुन्छ?
– हो, अस्वस्थकर जीवनशैली, तनाव र कामको बोझले महिनावारी गडबड हुन्छ।
– प्रशोधित तथा जंकफुड बढी खाँदा शरीरमा तौल बढ्छ र बढी तौलले महिनावारी अनियमित गराउँछ।

महिनावारीलाई नियमित बनाउन के के गर्नुपर्छ?
– सबैभन्दा पहिले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ।
– दैनिक शारीरिक व्यायाम गर्नुपर्छ।
– चिकित्सकको सल्लाह बिना परिवार नियोजनको साधन जथाभावी प्रयोग गर्नु हुँदैन।
– केही समस्या देखिने बित्तिकै चिकित्सकको परामर्शमा जानुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार