भाद्र २, २०८३ मंगलबार August 18, 2026

एमालेका सांसदको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गर्नुभयो ।

“बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,” उहाँले भन्नुभयो, “योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो । हरेक कुरामा सहमति विपरीत कार्य भए । यो एमालेका लागि यो सह्य हुँदैन ।”

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गर्नुभयो । हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारबाही रोकिएपछि सभामुख राजबहादुर शाही एमालेका प्रदेशसभा सदस्यलाई बैठक सञ्चालनका लागि आग्रह गर्नुभयो । अवरोध जारी भएपछि सभामुख शाहीले असार १३ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार