असोज १२, २०८३ सोमबार September 28, 2026

प्रेस काउन्सिलद्वारा पत्रपत्रिका वर्गिाकरणको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुलुकधरका पत्रिकाहरुको अभिलेखिकरण राख्ने तथा मुल्याङकन गर्ने सरकारी संस्था प्रेस काउन्सिल नेपालले एक पटक दुई आर्थिक वर्षको पत्रिकाहरुको मुल्याङकन गरेको छ ।

काउन्सिलले आर्थिक वर्ष २०७२ र ७३ र २०७३ र ७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको काउन्सिलले जनाएको छ ।

नतिजा अनुसार आ।व। २०७२ र ०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आ।व। २०७३ र ७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काउन्सिलबाट मानयताप्राप्त पत्रिकाहरुले सरकारी विज्ञापन पाउने गरेका छन् । उनीहरुले वर्गिाकरणको तह अनुसार ६ हजार देखि महिनामा २६ हजारस्म्म पाउने गर्दछन् । त्यसमा लागि काउन्सिलको केही प्रक्रिया भने पुरा गर्नुपर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार