असार २१, २०८२ शनिबार July 5, 2025

नोवेल कोरोना भाइरसको महामारी, हुबेइमा मात्रै ७८८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सन् २००३ मा फैलिएको सार्स महामारी भन्दा बढी भएको छ ।

चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । हुबेइ प्रान्तको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

हुबेइका स्वास्थ्य अधिकारीका अनुसार सो प्रान्तमा मात्रै हालसम्म नोवेल कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो ।

चीनका अरु क्षेत्र तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८११ पुगेको छ ।

सन् २००३ मा फैलिएको सार्स ९सिभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम० महामारीका कारण ७७४ जनाको ज्यान गएको थियो । सार्सको संक्रमण दुई दर्जन भन्दा बढी देशमा फैलिएको थियो ।

नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ हजार १९८ भन्दा बढी रहेको छ । संक्रमित हुने मध्ये अधिकांश चीनका छन् ।

जनवरीको अन्तिम हप्ता विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

हुबेइमा शनिबार थप ८९ जनाको मृत्यु भएपछि सो प्रान्तमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको हो । योसहित चीनमा कुल ८०९ तथा हङकङ र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।

नोवेल कोरोनाका कारण हुबेइको राजधानी वुहान सबैभन्दा बढी प्रभावित भएको छ । महामारीका कारण वुहान शहर बन्द अवस्थामा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार