असार २५, २०८२ बुधबार July 9, 2025

एमालेले आजपनि कर्णाली प्रदेश बैठक चल्न नदिने, बैठक अघि सभामुखले सर्बदलीय छलफल गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।

आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको अवस्था पुनः बैठक आब्हान गरिएको हो ।

गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यबिद्यी नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ ।

तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अबरुद्ध हुने एमालेले चेतावनी दिएको छ ।

पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन । त्यसका लागि अपरान्ह सर्बदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए ।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार