श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

भीरबाट खसेको ढुंगाले लागेर नेकपाका जिल्ला नेताको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट । हुम्लाको सर्केगार्ड गाउँपालिका–६ का टेकबहादुर ऐडीको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । बराई गाउँ नजिकै रहेको मन्दिरमा पूजा गर्ने क्रममा भीरबाट खसेर आएको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

४१ वर्षे ऐडी गाउँ नजिककै माडुमा पूजा गर्ने बेला आएको ढुगा लागेर घटनास्थल मै मृत्यु भएको स्थानीय जनक ऐडीले बताएका छन । मृतक ऐडीको टाउको र शरीरमा चोट लागेको थियो ।

पूर्णिमाको दिन स्थानीय देवी देवताको पूजाआजा गर्ने गरिन्छ । देवताको माडुमा बोका बली दिने चलन रहेको । मृतक ऐडी नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया