जेठ ५, २०८१ शनिबार May 18, 2024

संसद् बैठक बुधबारसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् ।

भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । यसपछि सभामुख सापकोटाले बुधबारसम्म बैठक स्थगित गर्दै भने, ‘प्रतिनिसधसभाको अर्काे बैठक साउन ४ गते बुधबार बिहान ११ बजे बस्नेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया