असोज ६, २०८३ मंगलबार September 22, 2026

नेपालीलाई पनि क्यानेडियन विद्यार्थी बराबरको सहुलियत दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले क्यानडामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई थप सहुलियत दिन माग गरेका छन्।

बुधबार क्यानडाको सिनेटका सभामुख महामहिम फुर्रेसँग शिक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री पोखरेलले नेपाली विद्यार्थीहरुलाई क्यानेडीयन विद्यार्थीले पाउने बराबरको सेवा सुविधा दिन माग गरेका हुन्।

भेटमा मन्त्री पोखरेलले क्यानडाले प्राविधिक शिक्षालाई राम्रोसँग विस्तार गरेको बताउँदै नेपालका टेक्निकल इन्स्टिच्युटको विकासमा सहयोग गर्न आग्रह गरेका छन। त्यस्तै उच्च खालको जनशक्ति उत्पादनका लागि विश्वविद्यालय लेवलमा प्रोफेसर र विद्यार्थी समेत एक्सचेन्ज गरेर अनुभव आदान–प्रदान गर्न समेत मन्त्री पोखरेलले आग्रह गरेको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले बताएका छन।

‘क्यानडामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई त्यहाँका उच्च शिक्षा प्रदायक संस्थाहरुबाट क्यानेडीयन विद्यार्थी बराबर सुहुलियत दिलाइदिन मन्त्रीज्युले माग गर्नुभएको छ’, केसीले भने, ‘प्राविधिक शिक्षामा सहयोग गर्न र उच्च खालका जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय स्तरको शिक्षामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।’

उक्त विषयमा सहकार्य र सहयोग आदान प्रदानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालका लागि क्यानडाका राजदूतावासबीच थप छलफल गरी अगाडि बढ्ने विषयमा सहमति भएको केसीले बताएका छन।

शिष्टाचार भेटघाट कार्यक्रममा क्यानडाको सिनेटका प्रतिपक्षी दलका नेता, सिनेटर, लगायत नेपालका लागि क्यानडाका राजदूत समेतको उपस्थिति रहेको थियो। सभामुख मुर्रेले आफू शिक्षकबाट राजनीतिमा आएर सभामुख बनेको हुँदा जुन देशमा जाँदा पनि शिक्षामन्त्रीलाई भेट्ने र त्यहाँको शैक्षिक अवस्थामा जानकारी लिने गरेको बताएका थिए। ‘म शिक्षकबाट आएर सभामुख बनेको हुँदा आफू गएका देशको शिक्षामन्त्रीलाई भेट्ने र त्यहाँको शैक्षिक अवस्थाबारे जानकारी लिने गरेको छु’, सभामुख मुर्रेको भनाइ उल्लेख गर्दै केसीले भने।

उक्त भेटघाटमा शैक्षिक अनुभव आदान प्रदानका साथै दुई देशबीच शैक्षिक क्षेत्रमा विशेष गरी उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम एवम् विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्यका सम्भावनाका बारेमा छलफल भएको केसीले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार