भाद्र २, २०८३ मंगलबार August 18, 2026

राष्ट्रियसभा बैठकः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

विधेयकका सन्दर्भमा सांसद सुरेश आलेमगर, डा विमला राई पौडेल, उदयबहादुर बोहोरा, मोहनबहादुर सुनार, नारायणदत्त मिश्रलगायतले आ–आफ्नो धारणा राख्दै समयानुकूल कानुन निर्माण हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा गृहमन्त्री खाणले कारागारमा रहेका बन्दीप्रति पनि राज्य र समाजको दायित्व रहेको बताउनुभयो ।

उहाँले कारागाराभित्र सहजतापूर्वक जीवन जिउने कसरी बनाउने र जीवनको सदुपयोग कसरी गर्ने भन्नेबारेमा सरकारले सीपयुक्त बनाउने योजना र कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।

कारागारामा घरेलु उत्पादनमा संलग्न भए पनि त्यो पर्याप्त नभएकाले त्यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले सहरका मध्यभागमा रहेका कारागारलाई पर्याप्त ठाउँ भएको स्थानमा स्थानान्तरण गर्ने सोचका साथ सरकारले काम गरिरहेको समेत जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार