असार २६, २०८२ बिहिबार July 10, 2025

खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रियसभाबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बिहीबार बैठकमा प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिएका थिए । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए ।

उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वयन तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयनका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए । राष्ट्रियसभाको अर्को बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार