असार २६, २०८२ बिहिबार July 10, 2025

नापतौलको गुणस्तर व्यवस्थापनका लागि विधेयक, अर्काे बैठक २२ गते बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयकले विश्वबजारमा जाने नेपाली सामानलाई प्रमाणीकरण गरी विश्वसनीयता बढाउन टेवा दिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री बडूले नापतौलका क्षेत्रमा मुलुकमा समरूपता परीक्षण, निरीक्षण र गुणस्तरीयताका लागि विधेयक आवश्यक भएको बताउनुभयो ।

उहाँले नापतौलको गुणस्तर व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक पद्धति र आधुनिक प्रविधिको उपयोग गर्नेगरी विधेयक ल्याइएको जानकारी दिनुभयो । बैठकले सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २२ गते आइतबार बिहान ११ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार