श्रावण १४, २०८३ बिहिबार July 30, 2026

चीनको वुहानबाट काठमाडौँ आइपुग्यो १७५ जना नेपाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चीनको हुबेइ प्रान्तका ६ सहरमा रहेका १ सय ७५ जना नेपाली लिएर नेपाल वायुसेवा निगमको जहाज वुहानबाट काठमाडौँ आएको छ ।

शनिबार राति त्यहाँको स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा काठमाडौँतर्फ प्रस्थान सो विमान नेपाली समय अनुसार आइतबार बिहान साढे तीन बजे काठमाडौँ अवतरण गरेको हो ।

बेइजिङ दूतावासका डिसिएम सुशील लम्सालका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका थिए । चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो।

वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको हो ।

विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्यजाँचसाथै ज्वरो नापिएको थियो।

चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण विमानमा चढ्न पाएनन् ।

उक्त जहाजमा नेपालले चीनलाई सहयोग दिएका १ लाख मास्क पनि वुहान र्पुयाइएको थियो। यी १७५ जनालाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार