असार २४, २०८२ मंगलबार July 8, 2025

चीनको वुहानबाट काठमाडौँ आइपुग्यो १७५ जना नेपाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चीनको हुबेइ प्रान्तका ६ सहरमा रहेका १ सय ७५ जना नेपाली लिएर नेपाल वायुसेवा निगमको जहाज वुहानबाट काठमाडौँ आएको छ ।

शनिबार राति त्यहाँको स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा काठमाडौँतर्फ प्रस्थान सो विमान नेपाली समय अनुसार आइतबार बिहान साढे तीन बजे काठमाडौँ अवतरण गरेको हो ।

बेइजिङ दूतावासका डिसिएम सुशील लम्सालका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका थिए । चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो।

वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको हो ।

विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्यजाँचसाथै ज्वरो नापिएको थियो।

चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण विमानमा चढ्न पाएनन् ।

उक्त जहाजमा नेपालले चीनलाई सहयोग दिएका १ लाख मास्क पनि वुहान र्पुयाइएको थियो। यी १७५ जनालाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार