असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा : गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि सो सङ्ख्या नपुगेपछि स्थगित भएको हो । बैठकमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभाको सन्देशसहितको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

विधेयकमाथिको छलफलमा उठेका विषयमा मन्त्री राईले विधेयकको उद्देश्य सहरी क्षेत्र र काठमाडौँको यातायात यात्रु्मैत्री बनाउने रहेको बताउनुभयो । उपत्यकामा सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहबाट स्वीकृति लिएका गाडी गुड्ने तर तिनका बीच आपसमा समन्वय नभएकाले व्यवस्थित बनाउन विधेयक ल्याइएको उहाँको भनाइ छ ।

प्राधिकरणमा बढी जनसङ्ख्या भएका स्थानीय तहका प्रमुखले नेतृत्व लिने र जोडिएका पालिकाका प्रतिनिधिलगायत सहभागी हुने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । विदेशी संस्थाबाट पैसा लिने भएपनि प्रचलित कानुनलाई पालना गरेर मात्रै पैसा लिन सकिने उहाँको भनाइ छ ।

संशोधनकर्ता सांसद प्रेम सुवालले विधेयकले सहर मात्रै नभएर ग्रामीण क्षेत्रको यातायात र काठमाडौँ उपत्यका मात्रै नभएर देशभरको सवारीसाधनको हेर्नुपर्ने र परिषद् सचिवभन्दा मन्त्रीको अध्यक्षतामा गठन हुनुपर्नेमा जोड दिनुभयो । संशोधनकर्ता वृन्दा पाण्डेका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद् विनाकुमारी श्रेष्ठले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात अस्तब्यस्त भइरहेकाले अबका दिनमा सुधार हुने अपेक्षा गरिएको बताउनुभयो ।

संशोधनकर्ता गगनकुमार थापाका तर्फबाट छलफलमा सहभागी हुँदै सांसद अतहर कमाल मुसलमानले ग्रामीण र सहरी क्षेत्र समेटेर बढ्दा विधेयक समृद्ध हुने र सहरी क्षेत्र तथा सवारी क्षेत्रका विज्ञ समेटिने विश्वास व्यक्त गर्नुभयो । विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद दिव्यमणि राजभण्डारीले परिषद्मा यातायात क्षेत्रसँगै आर्थिक र विकासका क्षेत्र र नगरपालिकाका प्रतिनिधि समेट्दा राम्रो प्रतिनिधित्व हुनसक्ने बताउनुभयो ।

सांसद दुर्गबहादुर रावतले एकातिर चालक अनुमतिपत्र नदिने र अर्कातिर अनुमतिपत्र नभई किन सवारीसाधन चलाएको भनी ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको बताउनुभयो । सांसद केदार सिग्देलले प्राधिकरणले सुरुमा राजधानीको यातायात व्यवस्थापन हेरेर बिस्तारै देशभर बिस्तार गर्दा उपयुक्त हुने धारणा राख्नुभयो ।

सांसद रङ्गमति शाहीले काठमाडौँ सफा र सुन्दर सहर बनाउनुपर्नेमा सहर खाल्डैखाल्डा भएको र दुर्घटनाको जोखिम रहेको औँल्याउनुभयो । सांसद अञ्जना बिसङ्खेले काठमाडौँ उपत्यकालाई कस्तो बनाउने भनी प्राविधिकसहितको छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २९ गते आइतबार बिहान ११ बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार