असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोनाभाइरसको जोखिममा वृद्धवृद्धा र बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोनाभाइरस ‘कोभिद–१९’ को जोखिममा वृद्धवृद्धा र बिरामीहरु रहेको नयाँ अध्ययनले देखाएको छ।

हालसम्म ७३ हजारभन्दा बढी कोरोनाबाट संक्रमित बनिसक्दा १८ सय ७३ जनाको मृत्यु भएको पुष्टी भएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ‘सीसीडीसी’ को अध्ययनले हालसम्म चीनमा देखिएका संक्रमितहरु अधिकाँश वृद्धवृद्धा र पहिल्यै बिरामी परेकोहरु रहेको बताइएको छ।

कोरोना संक्रमितमध्ये ८० प्रतिशत वृद्धवृद्धा र बिरामी भएको पाइएको अध्ययनमा उल्लेख गरिएको छ।

अध्ययनमा संक्रमितमध्ये हासम्म २.३ प्रतिशतको मृत्यु भएको जनाइएको छ।

सोमबार प्रकाशित अध्ययनअनुसार हालसम्म संक्रमितमध्ये ८०.९ प्रतिशतको अवस्था सामान्य छ। १३.८ प्रतिशत संक्रमितको अवस्था गम्भीर बन्दै गएको छ भने ४.७ प्रतिशत संक्रमितको अवस्था अत्यन्त चिन्ताजनक छ।

अध्ययनमा ८० वर्षभन्दा बढी उमेर भएका मानिसको मृत्यु हुने संभावना १४.८ प्रतिशत छ। यस्तै ९ वर्षसम्मका बालबालिकाको मृत्यु हुने सम्भावना शुन्य छ। ९ देखि ३९ वर्षका मानिसको मृत्यु हुने संभावना ०.२ प्रतिशतले छ।

४० देखि ५० वर्ष उमेरका मानिस जो कोरोनाबाट संक्रमित छन् उनीहरुको मृत्युको सम्भावना क्रमश ०.४ प्रतिशत र १.३ प्रतिशतले छ।

यस्तै ६० देखि ७० वर्ष उमेर समूह जो कोरोनाबाट संक्रमित छन् उनीहरुको मृत्यु हुने सम्भावना क्रमश ३.६ प्रतिशत र ८ प्रतिशतले छ।

लिंगको अनुपातलाई हेर्दा पुरुषको मृत्यु हुने सम्भावना २.८ प्रतिशतले छ भने महिलाको मृत्यु हुने संख्या १.७ प्रतिशतले छ।

अध्ययनमा हालसम्म ३ हजार १९ चिकित्सक पनि बिरामी परेको उल्लेख गरिएको छ। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार