असार २४, २०८२ मंगलबार July 8, 2025

खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड–१९ को संक्रमण छैनः स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनामै कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गएको आइतबार बिहान चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुको नाक र घाँटी भित्रको नमूना परीक्षण गर्दा कोभिड–१९ संक्रमण नरहेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षणमा सबै नमूनामा कोभिड–१९ नेगेटिभ देखिएको हो । कोभिड–१९ का लागि रियल टाइम आरटी–पिसिआरबाट परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

मन्त्रालयले चीनबाट नेपाली ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यबाद समेत भनेको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोभिड–१९ को संक्रमणले हाल महामारीको रुप लिएको छ । यसका कारण चीनमा दुई हजार भन्दा बढी मानिको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार