कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पाल्पाको भगवती जात्रा : दुई शताब्दीदेखि मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाल्पामा दुई शताब्दीदेखि ऐतिहासिक भगवती जात्रा निरन्तर निकाल्ने गरिएको छ । नेपालले अङ्ग्रेजी सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा मनाइने उक्त भगवती जात्राको तयारी पूरा भएको छ ।

श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट मनाइँदै आएको जात्रा यस वर्ष आज तानसेन नगरपालिका–३ को भगवती टोलस्थित भगवतीको मन्दिरबाट निकालिएको छ । रणउजेश्वरी भगवती गुणी सञ्चालक समितिका अध्यक्ष राजेश्वर उदयका अनुसार जात्रामा स्थानीयको उल्लेख्य सहभागिता छ ।

पछिल्ला दुई वर्ष कोभिड–१९ को प्रभावले औपचारिकताका लागि मन्दिर परिसरमा रथ घुमाएर जात्रा निकालिन्थ्यो । यस वर्ष भने परम्परादेखि चलिआएका विधिअनुसार तानसेन नगर परिक्रमा गराएर जात्रा निकालिएको छ । यस वर्ष निकालिएको जात्रा २०४औँ हो ।

पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिर सिं थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जीतगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तररुपमा विजयोत्सव मनाइँदै आइएको छ । भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति (शुक्रबार) नेपाली सेनाले सलामी दिँदै रथ पूजा र भजनकृतन गरिएको थियो ।

घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा वुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिं थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउनेछु भनी भाकल गरेका थिए ।

दुई पटकसम्म बुटवल जीतगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि थापाले १८७२ देखी १८७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ ।

पुरानो र प्रख्यात जात्रा हेर्न पाल्पा, गुल्मी, बुटवल, काठमाडौँलगायत स्थानबाट दर्शक आउने गरेका छन् । इतिहाससँंग जोडिएको हँुदा उक्त जात्रालाई दर्शकले विशेष महत्वका रुपमा लिने गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार