कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गर्नुभएको छ । ठेचोमा हाल सञ्चालन भइरहेको १२ वर्षे जात्राअन्तर्गत सो भवानी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा छ । महिना दिनपछि बिहीबार मन्दिर खोलेपछि राष्ट्रपति भण्डारीले फूल तथा प्रसाद ग्रहण गर्नुभएको मान्दिर गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो ।

गत साउन १० गते गठेमङ्गल अर्थात् गठामूग च¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै बिहीबार ‘येँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखि नै राष्ट्र प्रमुखलाई प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी मालिले बताउनुभयो ।

नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास जानुभएको गुठीका अध्यक्ष मालीले सुनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार