कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ । व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएका छन् ।

स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताउनुभयो ।

वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो । स्याँडा गाउँका स्थानीयले परापूर्वदेखि नै चोख्या पर्व मनाउँदै आएको स्थानीय बताउँछन् । स्याँडामा हिल्सो देवताको मन्दिरमा पूजाआजा गरी वर्षभरिका लागि भाकलको छिनोफानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्न चलन छ ।

मेला हेर्नका लागि स्याँडा र आसपासका स्थानीय बासिन्दा स्याँडामा जम्मा हुने गर्छन् । घरबाट पकाएर लिएको मिष्ठान भोजन आफन्तसँग बसेर खाने दिनभर रमाइलो गरी बेलुका घर फर्किने गरेको स्थानीय नुर्बु बुढाको भनाइ छ ।

चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनालाई बोलाई बोलाइ पाहुनाको स्वागत गर्नु मुख्य विशेषता हो । चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ ।

देउडा पारखीले रातदिनभर देउडा खेल खेल्ने चलन पनि रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार