श्रावण १४, २०८३ बिहिबार July 30, 2026

दक्षिण कोरियामा नोवेल कोरोनाले महामारीको रुप लिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनमा महामारीको रुप लिएको कोभिड–१९ अर्थात नोवेल कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ । एक दिनमै दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको हो ।

शनिबार एकै दिन थप २२९ जनामा संक्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा शुक्रबारदेखि ठूलो संख्यामा संक्रमण देखिएको हो । शुक्रबारयता दक्षिण कोरियामा संक्रमितको संख्या ४३३ पुगेको छ।

टेलिभिजन सम्बोधनको क्रममा दक्षिण कोरियाका प्रधानमन्त्री चुङ्ग साई–क्यूनले अवस्था अति गम्भीर बनेको बताएका छन् ।

संक्रमित हुनेहरु अधिकांश दक्षिण कोरियाको दक्षिण–पूर्वी शहर डेइगूका हुन् । सो क्षेत्रको एक अस्पताल तथा धार्मिक समूहमा रहेका मानिसमा संक्रमण भएको हो । अहिलेसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

डेइगु र अस्पताल रहेको चोङ्डू शहरलाई दक्षिण कोरिया सरकारले ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ । डेइगू क्षेत्रको बाटो प्रयोग नगर्न सुझाव समेत दिइएको छ ।

चीन बाहिर सबैभन्दा धेरै मानिसमा कोभिड–१९ को संक्रमण भएको देश दक्षिण कोरिया बनेको छ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २३ सय ४५ जनाको मृत्यु भइरसकेको छ । चीनमा पछिल्लो केही दिनयता नयाँ संक्रमणको दर केही कम भएको छ ।

यस्तै जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेज क्रुज सिपमा रहेका मध्ये ६०० जना भन्दा बढीमा कोभिड–१९ को संक्रमण भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार