बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

फेवातालमा डुंगा पल्टँदा एकजना वेपत्ता, २ को उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पोखराको फेवातालमा सोमबार दिउसो डुंगा पल्टदाँ एकजना वेपत्ता भएका छन् भने अन्य २ जनाको सकुशल उद्दार गरिएको छ।

हराउनेमा काठमाडौं–१०, कपन बस्ने २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल रहेका छन्।

डुंगामा रहेका सोही ठाउँका ३७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने त्यहाँ रहेको सशस्त्र प्रहरीको उद्धार टोली र हल्लनचोकमा रहेको कन्ट्रोल रुम भेइकलको टिमले उद्धार गरेको हो ।

उनीहरु दिउसो आफैले डुंगा चलाएर फेवाताल घुम्न निस्केका थिए।

दिउसो उनीहरु चढेको डुंगामा एकाएक पानी भरिएपछि डुंगा पल्टेको थियो। उनीहरुले फेवातालको सिरानतिर पर्ने खपौँदीबाट डुंगा लिएर फेवातालमा निस्केको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिएका छन। हराएकाको खोजी भइरहेको उनले जनाएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार