कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

नुहाउने बेला पिसाब गर्नेहरुले अवश्य पढ्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कसैले नुहाउँदा पिसाब गर्छु भन्यो भने कस्तो लाग्छ ? पक्कै पनि अफट्यारो महसुस गर्नुहुन्छ ।

साँचो कुरा गर्ने हो भने तपाईं आफैंले पनि धेरै पटक पिसाब गर्नुहुन्छ । पत्याउनुहोस् वा नपत्याउनुहोस् तर धेरैजसो मानिसहरू नुहाउँदा बाथरूममा पिसाब गर्न मन पराउँछन् ।

जब तपाईंको सम्पूर्ण शरीर लामो समयसम्म चिसो पानीमा रहन्छ, त्यहाँ पिसाब गर्नका लागि दबाब सिर्जना हुन्छ ।

जसकारण मूत्र प्रणाली सक्रिय हुन्छ । यस्तो अवस्थामा तपाई आलस्यका कारण कतै जानुको सट्टा नुहाउने बेला नै पिसाब गर्न रुचाउनुहुन्छ ।

स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा केमिकल राख्ने गरिन्छ । केमिकलका कारण पिसाब फेर्दा बित्तिकै जानकारी हुन्छ । आज हामी नुहाइरहेको बेला पिसाब फेर्नेहरुका लागि जानकारीमुलक सामाग्री लिएर आएका छौँ ।

एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा पिसाब फेर्नु नहुने कारणबारे चर्चा गरेकी छिन् । एलिसियाका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब फेर्नु हुँदैन ।

उनका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा खत्तरा बन्न सक्छ । नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न बानी पर्न सक्छ ।

यसरी पानी चलाउनुपर्ने अन्य काम गर्दासमेत पिसाब गर्न मन लाग्ने समस्या हुन्छ । उक्त भिडियोमा एकजना महिलाले आफूलाई बिरुवामा पानी हालिरहेको बेला पिसाब गर्न मन लाग्ने गरेको अनुभव साझा गरेकी छिन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्रीविरुद्धको स्टाटस प्रकरण : नेकपा नेता पोखराबाट पक्राउ, गोरखा पठाइयो
२०८३ कार्तिक १७, मंगलबार
मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान
२०८३ कार्तिक १७, मंगलबार
आजको मौसम : पश्चिमी वायुको प्रभाव, पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
२०८३ कार्तिक १७, मंगलबार
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक १७, मंगलबार
बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल
२०८३ कार्तिक १७, मंगलबार
जुम्लामा नेकपाको जागरण अभियान सुरु
२०८३ कार्तिक १७, मंगलबार
बागलुङमा ९९.३६ प्रतिशत किशोरीले लगाए एचपीभी खोप
२०८३ कार्तिक १७, मंगलबार