भाद्र ४, २०८३ बिहिबार August 20, 2026

केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ  ।

मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘‘केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने पक्षमा हुने मान्य सदस्यहरुले हुन्छ भन्नुहोस्, केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरियोस् भन्ने विपक्षमा हुनेहरुले हुन्न भन्नुहोस् । हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बहुमत भएकोले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित भएको घोषणा गर्दछु ।’’ प्रतिनिधि सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया