असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले लिए पद तथा गोपनियताको सपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा अन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरुलाई सपथ खुवाएका हुन्।

चारवटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धीत समितिको बैठकले उनीहरुलाई निर्विरोध सभापति चयन गरेको थियो ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले सपथ लिएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया