असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो, चिकित्सक उत्साहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपित नयाँ मिर्गौलाले काम गर्न थालेको छ। ओलीको दोस्रो पटक बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको हो।

प्रधानमन्त्री ओलीको होस खुलेको छ। शल्यक्रिया सफल भएसँगै प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट आईसीयूमा सारिएको छ।

केहीबेरअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रत्यारोपण सफल भएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्काले भने, ‘उहाँको सबै सुचांकहरु राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न थालेको छ।’

प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेका थिए।

प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल र प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाललाई जानकारी गराएपछि रिपोर्ट सार्वजनिक गरिएको हो।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेट जाँदा अप्रेशन थिएटरमा छिराइएको थियो।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। प्रा।डा। खड्काका अनुसार प्रत्यारोपणका लागि चार घण्टा ४५ मिनेट लागेको थियो।
ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि सहभागी चिकित्सकहरु उत्साहित भएका छन्। प्रधानमन्त्रीको जटिल मानिएको प्रत्यारोपण स्वदेशमै गर्न सफल भएपछि चिकित्सकहरु खुशी भएका हुन्।

प्रत्यारोपण शल्यचिकित्सामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा।डा। प्रेम ज्ञवाली, प्रा।डा। अनन्तकुमार लगायतको टोली सहभागिता थियो।

त्यस्तै चिकित्सा टोलीमा प्रा.डा. दिव्यसिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, रविन नेपाली लगायतका चिकित्सकको सहभागीता थियो।

यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य लगायतको सहभागिता थियो।

शल्यक्रिया सफल भएको जानकारी सार्वजनिक भएपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले पनि खुशी व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार