वैशाख १८, २०८१ मंगलबार April 30, 2024

गुराँस लाइफले ४ कात्तिकमा डाक्यो एजीएम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुराँस लाइफ इन्स्युरेन्सले बुधबार बसेको सञ्चालक समितिको बैठकले ४ कात्तिकमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले समितिबाट पेस भएको युनियन लाइफ र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले २६ असोजमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया