असार २१, २०८२ शनिबार July 5, 2025

सम्बन्धविच्छेद गरेकी श्रीमतीको समाधि स्थलमा दिनदिनै गएर पिसाब फेर्ने व्यक्ति….

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः समाधि स्थलमा गएर धेरै मानिसहरुले आफन्तको आत्माले शान्ति पाओस् भनेर प्रार्थना गर्ने गर्छन् तर यहाँ एकजना यस्ता व्यक्ति भेटिएका छन् जसले सम्बन्धविच्छेद गरिसकेकी श्रीमतीको समाधि स्थलमा लगभग दैनिक जसो गएर पिसाब फेर्ने गर्छन् ।

अडिटी सेन्ट्रलका अनुसार यो अचम्मको घटनाको पर्दाफास हालै ४३ वर्षका माइकल मर्फीले गरेका हुन् जसले आफ्नी आमाको समाधि स्थलमा पिसाबको छिटा र झोलामा प्याक गरिएका दिसा सधैँजसो देख्ने गर्थे । न्युयोर्कको अरेन्जटाउनस्थित तपान रिफर्म चर्चमा आफ्नी आमालाई जतिपटक भेट्न जाँदा पनि माइकलले यस्तै असहज दृश्य देख्ने गर्थे त्यसैले उनले यसका दोषी पत्ता लगाउन हिडन क्यामराको सहारा लिए ।

फुटेजमा देखिए अनुसार एकजना वृद्ध व्यक्ति लगभग दिनदिनै बिहान ६ बजे उक्त समाधि स्थल पुग्छन् र ती महिलाको समाधि स्थलमा पिसाब फेर्ने गर्छन् । उनको पहिचान पछि मात्रै पत्ता लाग्न सक्यो । यसो गर्ने व्यक्ति ती महिलाका पूर्व श्रीमान् हुन् जोसँग उनले ४८ वर्षअघि सम्बन्धविच्छेद गरेकी थिइन् । सन् १९७६ देखि ती व्यक्तिसँग उनको परिवारको कोही पनि सदस्यसँग सम्पर्क छैन ।

‘यसले मेरो मुटु छियाछिया पारिदियो’, माइकलले केही दिन अघि आफ्नो फेसबुक पेजमा लेखे । ‘न्यु जर्सीको बर्जन काउन्टीका यी व्यक्तिले मेरी आमाको समाधि स्थलमा लगभग दिनदिनै जसो पिसाब फेरेर दिसा राखिएका झोला फ्याँक्ने गरेको पाइयो । यो उनको दैनिकी जस्तै देखियो । यसमा उनकी श्रीमतीले पनि सहयोग गरेको भेटियो । हामीसँग यसको हप्तौँ र महिनौँको प्रमाण छ । यसबारे हामीले प्रहरी र मिडियालाई जानकारी दिइसकेका छौँ । मेरो परिवारका कुनै पनि सदस्यको यी व्यक्तिसँग सन् १९७६ देखि केही सम्पर्क छैन ।’

माइकलकी आमा लिन्डा टोरेलोले भिडियोमा देखिएका यी व्यक्तिसँग छोटो समयसम्म विवाह बन्धनमा बाँधिइन् । जब उनी गर्भवती भइन् तब यी व्यक्तिले बच्चाको केही पनि जिम्मेवारी लिन्नँ भनेर पन्छिए । उनलाई त्यति बेलादेखि नै ती महिलासँग रिस उठेको जस्तो देखिन्छ ।

‘उनले मेरी आमाको समाधि स्थल कसरी भेटे भन्ने त थाहा छैन । तर यो समस्याको जरा लगभग ५० वर्ष पुरानो हो । हाम्रो लागि प्रार्थना गरिदिनुहोस् र कृपया यसलाई सेयर गरिदिनुहोस्,’ लिन्डाका छोराले आफ्नो फेसबुक पोस्टमा लेखे । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार