कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तौथलीमा दही छ्याप्दै जात्रा मनाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारमा दही छ्याप्दै तौथली जात्रा मनाइएको छ ।

वृद्ध वृद्धादेखि युवा जमातले दहीको ठेकी र बाल्टिनबाट अबिर मिसिएको दही निकाली एकअर्कालाई छ्यापाछ्याप गर्दै जात्रा मनाएका हुन् । तौथलीमा प्राचीन तथा ऐतिहासिक महत्त्व बोकेको त्रिपुरासुन्दरी देवीको मन्दिर छ । विशेष गरी बडादसैँको एकादशीको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । भक्तजन मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ त्रिपुरासुन्दरी देवीको दर्शन गर्न टाढा टाढाबाट आउने गरेका छन् ।

जिल्लाकै ‘छुट्टै देश’ मानिने पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरीमा ‘जय जय ओम महादेवी’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजा विधिसहित ल्याइएका) छ वटा परम्परागत लिङ्गोमा पूजा, सगुन खुवाएपछि बजार बीचबाट दहीको होली सुरु हुने गर्छ । भूकम्पपछि पुरातत्त्व विभागको बजेटमा पुनःनिर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरमा यो वर्ष मात्रै देवीलाई राखिएको छ ।

महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गर्नुभएको खुसीयालीमा किरात कालदेखि हालसम्म दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । दही जात्रा हालसम्म तौथलीमा मात्र मनाइँदै आएको छ । गुठियार र स्थानीयवासीले गाईभैँसी नथाकुन् र पशुपालन, व्यवसाय सप्रिँदै जाओस् भनी कामना गर्दै यसरी दही ल्याएर चढाउने गर्दछन् ।

दही प्रसादका रूपमा बाँड्ने गरिएको छ । हनुमानढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बलि बडादसैँको फूलपातीबाट नै सुरु हुने गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष बोहराका अनुसार दशमीको रात वर्षमा एक पटक देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, नागनागिनी, स्याल कहनजस्ता दर्जनौँको नृत्यसहित जात्रा लाग्ने गरेको छ । दही जात्रा सकिएपछि विधिवत् रूपमा तौथली माई अर्थात् त्रिपुरासुन्दरी माईको जात्रा यो वर्षको लागि सकिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार