बैसाख ८, २०८३ मंगलबार April 21, 2026

संसद बैठक तत्काल रोक्न कांग्रेस सांसदको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक तत्काल रोक्न माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्युनीकरणका लागि संसद बैठक रोक्न माग गरेका हुन्।
कांग्रेस सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी भनेर घोषणा गरिसकेको र यसको प्रकृति भनेको विश्वभर एकसाथ फैलिने भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका छन।

उनले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाइसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन।

‘यस्तो अवस्थामा संसद चलाइराख्नुमा कुनै तुक छैन’, उनले भने, ‘जहाँ भिडभाड हुन्छ त्यस्तो ठाउँमा संक्रमण फैलिने सम्भावना धेरै हुन्छ।’ समयमै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानवीय क्षति व्यहोर्नुपर्ने भन्दै उनले यसतर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराएका छन। उनले भीडभाड बढी हुने ठाउँ जहाजमा, स्कुल, बस र अन्य भिड जम्मा हुने स्थानबाट संक्रमण फैलिन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउन सरकारसँग माग गरेका छन ।

उनले संक्रमण फैलिए रोक्नका लागि नेपालसँग कुनै पूर्वाधार नभएको भन्दै संक्रमण फैलिनुभन्दा पहिल्यै सचेत हुनुपर्ने बताएका छन।

‘यदि हामी कहाँ यो संक्रमणले भ्यायो भने हामीसँग केही पनि पुर्वाधार छैन रोक्नलाई। अमेरिका त्रसित छ, युरोप त्रसित छ। नेपालसँग केही पनि छैन। सरकार के हेरेर बसेको छ यो अवस्थामा ?, सरकारमाथि प्रश्न गर्दै उनले भने, ‘त्यसैले सरकारले चाडोभन्दा चाडो एक्सनमा आएर संसद पनि बन्द गर्नुपर्यो। र, तमाम स्कुलहरु जहा मास ग्यादरिङ हुन्छ। त्यो ठाउँ रोक्न सकेन भने यसबाट आउने भयाभव स्थिति नेपालले रोक्न सक्दैन। धेरै मान्छेको मृत्यु हुन सक्ने संभावना छ।’

कांग्रेसकै अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराउका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
२०८३ बैसाख ८, मंगलबार
न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनलाई पार्टीको पुनः समर्थन
२०८३ बैसाख ८, मंगलबार
विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति
२०८३ बैसाख ८, मंगलबार
प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुख समक्ष पेश (पूर्णपाठ)
२०८३ बैसाख ८, मंगलबार
सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा
२०८३ बैसाख ८, मंगलबार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ
२०८३ बैसाख ८, मंगलबार
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
२०८३ बैसाख ८, मंगलबार