मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

४० हजार बढीमा डेंगु पुष्टि, ४८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।

इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालकाअनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४० हजार २९ जनामा डेंगु पुष्टि भइसकेको छ ।

इडिसीडीअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३१ हजार पाँच, लुम्बिनी प्रदेशमा चार हजार ३७०, प्रदेश १ मा एक हजार २४८, सुदूरपश्चिममा एक हजार ९८, गण्डकी प्रदेशमा एक हजार ४९ कर्णाली प्रदेशमा ६३८ र मधेश प्रदेशबाट ६२१ जनामा डेंगु पुष्टि भएको छ ।

१० जिल्लामा सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौंमा १२ हजार २५२, ललितपुरमा आठ हजार ७१४, मकवानपुरमा चार हजार ५०, भक्तपुरमा दुई हजार ७३०, दाङमा दुई हजार पाँच, चितवनमा एक हजार ४६०, रुपन्देहीमा एक हजार १७५, धादिङमा ६८३, सुर्खेतमा ४६८ र सुर्खेतमा ४५९ गरी ३३ हजार ९९६ जनामा डेंगु पुष्टि भएको छ ।

डेंगुको प्रकोप पहाडी जिल्लामा घट्दै गए पनि तराईका जिल्लामा भने प्रकोप बढ्न सक्ने डा. दाहाल बताउनुहुन्छ । उहाँका अनुसार जाडो बढ्न सुरु भएसँगै काठमाडौंलगायत पहाडी भेगमा डेंगु सङ्क्रमण कम हुँदै जाने र बिस्तारै तराईका जिल्लामा सङ्क्रमण बढ्न सक्छ ।

उहाँ भन्नुहुन्छ ”डेंगु सार्ने लामखुट्टे धेरै गर्मीमा बाँच्दैनन्, त्यसैले गर्मीमा तराईमा यसको प्रकोप तुलनात्मक रुपमा कम देखिएको हो अब तराईमा गर्मी कम हुँदै जाने र छिमेकी देश भारतमा डेंगुका बिरामी बढ्दै गएकाले डेंगु सङ्क्रमण तराईतिर बढ्ने सम्भावना बढी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनचाँदीको मूल्य उकालो लाग्न शुरु
२०८३ मंग्सिर ७, सोमबार
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार