असार २२, २०८२ आइतबार July 6, 2025

बलात्कार आरोपी वडाध्यक्ष पक्राउको माग गर्दै निजगढमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निजगढ नगरपालिका २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध गत २५ असोजमा इलाका प्रहरी कार्यलय निजगढमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणीको आरोपमा उजुरी दर्ता भए पनि अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । बलात्कारीलाई पक्राउ गर्न प्रहरीले तदारूकता नदेखाएको भन्दै सोमबार स्थानीय महिला अधिकारकर्मीले आन्दोलन सुरू गरेका छन् ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टीकाका दिन १९ असोजमा अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । बालिकालाई बलात्कार गर्ने अभियुक्तको नाममा पीडितले किटानी जाहेरी दिए पनि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

बालिका बलात्कारको आरोपीलाई पक्राउ र कारबाहीको माग गर्दै सोमबार महिला अधिकारकर्मीहरुले निजगढमा प्रदर्शन गरेका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई पीडकका आफन्तहरुले मानसिक तनाव दिने गरेकाले पीडितका परिवारको संरक्षण र सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगायतका माग गरेका छन् ।

उनीहरूले दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनले तदारुकता नदेखाएको भन्दै सक्रिय भएर लाग्नसमेत प्रहरी प्रशासनलाई आग्रह गरे । उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढले मुचुल्कासमेत उठाएको छ । प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण र बयानसमेत लिएर जबर्जस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

जबर्जस्ती करणी गरेको भन्दै १५ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालयमा निजगढमा गत मंगलबार जाहेरी दर्ता गरेपछि वडाध्यक्ष श्रेष्ठविरुद्ध जिल्ला अदालत बाराले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएलगत्तै पक्राउ गर्न भनेर प्रहरी निरीक्षक ओली नेतृत्वको प्रहरी टोली वडा अध्यक्ष श्रेष्ठको घरमा पटकपटक पुगेको थियो । अध्यक्ष श्रेष्ठ घरमा फेला नपरेको प्रहरीले बताएको छ । आफूविरुद्धे जबर्जस्ती करणीको आरोप लागेपछि वडाध्यक्ष राजन श्रेष्ठ फरार भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार