वैशाख १८, २०८१ मंगलबार April 30, 2024

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गरेका छन्।

बेलायती संसद भवनमा भएको भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।  विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदान-प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो।‘बेलायती संसदको नेपाल प्रतिको सद्भाव, एक्यवद्धता एवं सहयोग दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु।‘

उनले कोभिड महामारीका समयमा नेपाललाई सहयोग गर्ने विषयमा बेलायती संसदमा भएको छलफलको नेपाली जनताले स्मरण गरिरहेका बताए। अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरु नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिश गोर्खाहरुका पेन्सन र क्षतिपूर्ति लगायतका विषयमा बेलायती सरकारसँग केही मागहरु रहेको स्मरण गरे।

उनले ती मागहरु सम्बोधनका लागि द्विपक्षीय वार्ता समिति गठन भइ वार्ताको तयारी भएकाले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे। त्यस क्रममा तिमिल्सिनाले बेलायतमा रहेको नेपाली समुदायले बेलायत र नेपाललाई जनस्तरमा जोड्न महत्वपूर्ण योगदान रहेको बताउँदै बेलायती राजनीतिमा नेपाली मूलका बेलायतीहरुको समेत सहभागिता बढ्दै गएको उल्लेख गरे।

भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी थिए।  यसैबीच अध्यक्ष तिमिल्सिनाले सोमबार बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्मा लगायतका सांसदहरुसँग भेटघाट गरे।

त्यस क्रममा उनीहरुबीच दुई देशको संसदबीचको सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। अध्यक्ष तिमिल्सिनाको सम्मानमा मैत्री समूहका अध्यक्ष शर्माले दिवाभोज गरेका थिए।  अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तर व्यवस्थापिका संघको १४५औँ सम्मेलनमा (११-१५ अक्टोवर, २०२२) संघीय संसदको प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी भए।

सम्मेलन सम्पन्न भएपछि उनी गैरआवसीय नेपाली संघ तथा अन्तर्राष्ट्रिय पर्वत समाज लगायतका संस्थाको कार्यक्रमहरुमा सहभागी हुन बेलायतको एक हप्ताको अनौपचारिक भ्रमणमा थिए। अध्यक्ष तिमिल्सिना आजै स्वदेश फर्किँदैछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार
इलाम-२ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा
२०८१ वैशाख १८, मंगलबार
अनेरास्ववियुले स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने
२०८१ वैशाख १८, मंगलबार
सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त
२०८१ वैशाख १८, मंगलबार