काठमाण्डौंः पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोनाका संक्रमित थपिएका छन् । ९२४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
४४८ जनामा गरिएको पीसीआर परीक्षणमा १२ जना र ४७६ जनामा गरिएको एन्टीजेन परीक्षणमा चार जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यहि अवधिमा २९ जना कोरोनामुक्त भएका छन् ।
योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया