असार २४, २०८२ मंगलबार July 8, 2025

सिन्धुलीका एक वृद्धलाई कोरोना आशंका, आइसोलेसनमा भर्ना गरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका ७ का एक वृद्धलाई कोरोना भाइरस आशंकामा अस्पताल भर्ना गरिएको छ।

८१ वर्षीय ती वृद्धलाई १०४ डिग्री ज्वरो आएपछि जिल्ला अस्पतालमा भर्ना गरेर बुधबारदेखि आइसोलेसनमा राखिएको सिन्धुलीका जिल्ला जनस्वास्थ्य अधिकृत जितेन्द्रकुमार साहले जानकारी दिएका छन।

उनको परिचय गोप्य राखिएको छ। ती वृद्धमा उच्च ज्वरो देखिएपछि आफन्तले बुधबार अस्पताल पुर्याएका थिए।

‘उहाँमा अस्वाभाविक ज्वरो देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ,’ जनस्वास्थ्य अधिकृत साहले भने, ‘उहाँमा कतिपय लक्षण कोरोनासँग मिल्दाजुल्दा देखिएका छन्। नमूना परीक्षणको लागि बुधबारै काठमाडौँ पठाएका छौँ। रिपोर्ट आइसकेको छैन।’

स्रोतका अनुसार सरकारी जागीरबाट निवृत्त ती वृद्ध केही दिनअघि पेन्सन लिन धरान गएका थिए।

बिरामीको र्याल, स्वाव परीक्षण पछि कोरोना संक्रमण भए/नभएको एकीन हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर लक्ष्मण खड्काले बताएका छन।

बिगत केही समययता सिन्धुलीमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि उच्च ज्वरोसहितको बिमारी ती वृद्ध नै पहिलो भएको अस्पताल स्रोतले जनाएको छ।

सिन्धुलीमा कोरोनाका आशंका भएका बिरामीलाई राख्न जिल्ला अस्पतालमा तीन वेडसहितको आइसोलेसन वार्ड स्थापना गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार