कार्तिक १८, २०८३ बुधबार November 4, 2026

एक महिनासम्म सेक्स नगर्ने कान्येको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिकी र्यापर कान्ये वेस्टले आफूले एक महिनासम्म कुराकानी र सेक्स गर्न छोड्ने घोषणा गरेका छन् । उनले यो अवधिमा एडल्ट फिल्म हेर्ने, मदिरा पिउने कामलाई त्याग्ने घोषणा गरेका हुन् ।

४५ वर्षे ¥यापरले आफूले वर्बल फास्ट सुरु गर्न लागेकोले यी सबै काम एक महिनाका लागि बन्द रहने बताएका हुन् । उनले ट्वीटरमार्फत ३० दिनसम्म शुद्धिकरणको हिस्साका रुपमा वर्बल फास्टमा जान लागेको उल्लेख गरेका छन् ।

‘म ३० दिनको शुद्धिकरण लिइरहेको छु । एक वर्बल फास्ट । मदिरा हुँदैन । कुनै एडल्ट फिल्म हुनेछैन । कुनै सेक्स हुँदैन । एक महिनासम्म कसैसँग बोल्ने छैन । भगवानको प्रार्थना गर्नेछु । तर मेरो ट्वीटर अहिले पनि आगो लगाइरहेको छ’, उनले ट्वीटेका छन् ।

गत महिना कान्येलाई यहुदी विरोधी ट्वीट गरेपछि ट्वीटरले निलम्बन गरेको थियो । तर ट्वीटरका नयाँ मालिक एलोन मस्कले गत साता उनको ट्वीटरलाई फुकुवा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रहरीको ३४औँ आईजीपीमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए
२०८३ कार्तिक १८, बुधबार
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार