मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

हुम्लामा औषधि अभाव, बिरामी समस्यामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएकाे हाे ।

उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिविनै फर्किने गरेका छन् ।  सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् ।

भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेकाे उनले सुनाइन् । आफू जस्तैं सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे पनि सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेकाे सुनाइन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए  । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेकाे उनले बताए । विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएकाे उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।

यही अवस्था रहे अस्पतालले विनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्यले नेपालगन्ज नै रहेको बताए ।

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तु समेत ढुवानी गर्न नमानेको आराेप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजघाटस्थित महात्मा गान्धी समाधिस्थलमा प्रधानमन्त्री बालेनले के लेखे ?
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार