काठमाण्डौंः चितवनमा डेंगी संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनादेखि हालसम्म जिल्लामा डेंगी संक्रमितको संख्या २ हजार ६२७ पुगेको हो ।
जिल्लामा देखिएका संक्रमित मध्ये जिल्ला बाहिरका ५५८ र ठेगाना नखुलेका २७५ रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा देखिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका सबैभन्दा धेरै १ हजार २२० छन् ।
रत्ननगर नगरपालिकामा २३८, खैरहनीमा १५६, राप्तीमा ९२, कालिकामा ४२, माडीमा ३५ र इच्छाकामना गाउँपालिकामा ११ जनालाई डेंगी संक्रमण भएको छ । जिल्लामा डेंगी संक्रमणबाट ६ जनाले ज्यान समेत गुमाएका छ ।
यस्तै पछिल्लो २४ घण्टामा चितवनमा नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा चितवनका सात र बाहिरी जिल्लाका २ जना रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया