कार्तिक १८, २०८३ बुधबार November 4, 2026

३३ सेकेन्डमा १० वटा ताता खुर्सानी खाएर वल्ड रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।

पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् ।  उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।

फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रहरीको ३४औँ आईजीपीमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए
२०८३ कार्तिक १८, बुधबार
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार