मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्रादेशिक सरुवा रोग अस्पताल अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दुई वर्षअघि शिलान्यास भएको मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित प्रादेशिक सुरुवा अस्पताल यतिबेला अलपत्र अवस्थामा पुगेको छ । कुल रु २५ करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आर्थिक वर्ष २०७६–७७ मा रु आठ करोड विनियोजन भएको थियो । तर हालसम्म काम भने सुरु हुन सकेको छैन ।

तत्कालीन सङ्घीय सरकारले सातै प्रदेशमा एक-एक वटा सरुवा रोग अस्पताल बनाउने योजना अनुसार तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको शिलान्यास गरेका थिए । तर अस्पतालको शिलान्यास गरिएको ठाउँ भवन निर्माण बन्न सकेको छैन । शिलान्यास गरिएको स्थानमा यतिबेला तोरी उम्रिन थालेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए ।

अस्पताल शिलान्यासपछि आसपास क्षेत्रमा जग्गा बिक्री बढेको थियो । अस्पताल बन्ने सम्भावना देखेर यहाँ धेरैले घडेरी किनेका थिए । सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि कर्जुना पैनी किनारमा लामो समयदेखि सुकुम्बासी समेत खुसी भएका थिए । उनीहरूलाई तत्कालीन समयमा मन्त्री ढकाल, बिपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.ज्ञानेन्द्र गिरीले घरबासको व्यवस्था मिलाउने आश्वासन दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान
२०८३ मंग्सिर ७, सोमबार
एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर
२०८३ मंग्सिर ७, सोमबार
साझा राष्ट्रिय एजेन्डा नबनाई प्रधानमन्त्री शाह भारत गएकोमा झलनाथ खनालको असन्तुष्टि
२०८३ मंग्सिर ७, सोमबार
दानबहादुर कार्कीको मुद्दा फुयाल र पाण्डेयको इजलासमा
२०८३ मंग्सिर ७, सोमबार
अपी हिमाल : प्रकृतिको अनुपम उपहारदेखि जलवायु न्यायको आवाजसम्म
२०८३ मंग्सिर ७, सोमबार
प्याब्सन काठमाडौंले सार्वजनिक गर्यो कक्षा १० को प्रि-क्वालिफाइङ परीक्षा तालिका
२०८३ मंग्सिर ७, सोमबार
नागढुंगा–मुग्लिन सडकमा बिहान ११ देखि ४ बजेसम्म सवारी आवागमन बन्द
२०८३ मंग्सिर ७, सोमबार