असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना भाइरस हावामा ३ घण्टा, कम्प्युटरको किबोर्डमा लामो समय बाँच्छ : अध्ययन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस हावामा पनि तीन घण्टा बाँच्ने अध्ययनले पुष्टि गरेको छ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले गरेको अध्ययनअनुसार कोरोना संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा निस्कने तरल पदार्थमा रहेका भाइरस हावामै तीन घण्टासम्म बाँच्ने देखिएको हो।

त्यो भाइरस कागजमा परेमा २४ घण्टा र प्लास्टिक तथा स्टिलमा २/३ दिनसम्म बाँच्ने देखिएको न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष छ।

अध्ययनकर्ताहरूका अनुसार तामामा भने कोरोना भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने पाइएको छ।

कोरोना भाइरस बढी तापक्रम र आर्द्रता भएको ठाउँमा धेरै बाँच्न नसक्ने र चिसो ठाउँमा बढी समय बाँच्ने अध्ययनकर्ताले बताएका छन्।

अध्ययनकर्ताहरूका अनुसार यो भाइरस टिस्यु पेपर तथा संक्रमितको सम्पर्कमा रहेका कागजमा २४ घण्टासम्म तथा ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटरका किबोर्डहमा परेका भाइरस लामो समय जीवित रहन सक्छन्।

कपडामा भने कोरोना कति समय जीवित रहन्छ भन्ने स्पष्ट छैन।

यस्तै संक्रमितले एकपटक खोक्दा कति कोरोना भाइरस निस्कन्छन् भन्ने अध्ययन भएको छैन तर रुघाखोकीको भाइरस प्रत्येक थोपामा दसौं हजार हुने भएकाले कोरोनामा पनि त्यही अनुमान गरिएको अध्ययन प्रतिवेदनमा छ ।

कोरोना भाइरस हावामै केही घण्टा तथा सतहमा अझ लामो समय बाँच्ने भएकाले मास्क प्रयोग, नियमित हात धुने, ढोकाका चुकुल, रेलिङ, कम्प्युटरलगायत वस्तु सफा गरिरहने गरेमा संक्रमण जोखिम कम हुने अध्ययनकर्ताले जानकारी दिएका छन्।

तर सजिलै उपलब्ध हुने स्यानिटाइजरबाट यो भाइरसलाई सजिलै मार्न सकिने अध्ययनकर्ताले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार